२०८२ माघ १० गते शनिवार
काठमाडौं । डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ।
शुक्रबार रातिदेखि निरन्तर हिमपात भइरहेकाले यातायातका साधनहरू ठप्प भएका छन् भने बाहिर आवतजावत गर्नसमेत कठिनाइ भएको छ।
लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन् ।




© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij