Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

एकैदिन तोलामा साढे १२ हजारले घट्यो सुनको मूल्य

एकैदिन तोलामा साढे १२ हजारले घट्यो सुनको मूल्य


  • 960
    Shares

    एकैदिन तोलामा साढे १२ हजारले घट्यो सुनको मूल्य

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य एकै दिन तोलामा उच्च गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १२ हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ८२ हजार रुपैयाँमा आएको छ । 

    साथै, आज चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ । महासंघका अनुसार आज चाँदी तोलामा ३५५ रुपैयाँले घटेको छ । 

    शुक्रवार प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ५४० रुपैयाँमा आएको छ । 

     

    images
    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १०:४९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij