Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

यस्तो छ आज कालीमाटीमा तरकारी र फलफुलको थोक मूल्य

यस्तो छ आज कालीमाटीमा तरकारी र फलफुलको थोक मूल्य


  • 575
    Shares

    • images
    यस्तो छ आज कालीमाटीमा तरकारी र फलफुलको  थोक मूल्य

    काठमाडौ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज ब्रोकाउली, च्याउसहितका केही तरकारीको मूल्य थोरै घट्दा अरु धेरैजसो तरकारीको मूल्य बढेको छ। 

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४५, रातो आलु २०, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २५, लोकल बन्दा २८, स्थानीय काउली ८५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ६०, लोकल मुला १८ रुपैयाँ प्रतिकिलो छ।

    त्यसैगरि तनेबोडी १६०, करेला १५५, लौका ७५, घिरौँला ९५, डल्ले फर्सी ५५, पाकेको फर्सी ५५, भिन्डी १३०, कन्य च्याउ २२०, डल्ले च्याउ ३७५, सिताके च्याउ ९००, कुरिलो ४५०, न्यूरो ७५, ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो छ। कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ५०, रातो आलु २०, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २५, लोकल बन्दा २५, स्थानीय काउली ७५, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो थियो।

    त्यसैगरि तनेबोडी १७०, करेला १५५, लौका ६५, घिरौँला ९०, डल्ले फर्सी ३५, पाकेको फर्सी ६०, भिन्डी १३५, कन्य च्याउ २३५, डल्ले च्याउ ४२५, सिताके च्याउ ९००, कुरिलो ४५०, न्यूरो ७५, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो थियो। 

    हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची

     

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - ०८:२९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij