२०८२ चैत्र ८ गते आइतवार
पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
शनिबार साँझ भएको दुर्घटनामा ज्यान गुमाउनेहरुमध्ये अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धाराका २६ वर्षीय चिन्ताबहादुर सुनारको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।
अर्घाखाँचीको शीतगङ्गा ४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको मृत्यु भएको हो ।
शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा चालकसहित चार जना पुरुष घाइते भएका थिए । घाइतेलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल प्रभास पठाइएको थियो । उपचारका क्रममा तीन जना पुरुषलाई त्यतिबेलै चिकित्सकले मृत घोषणा गरेका थिए ।
३३ वर्षीय राजन चिदीलाई भने थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देहीमा पठाइएकोमा उनको पनि उपचारका क्रममा मृत्यु भएको डिएसपी चौधरीले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij