२०८२ चैत्र ६ गते शुक्रवार
काठमाडौं । मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार नै लुम्बिनी प्रदेशमा दाङमा हावाहुरी चलेको छ । बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा हावाहुरी चलेको छ । केहीबेर हावाहुरी चलेपछि अहिले पानी पनि परिरहेको छ ।
बादल र हावाहुरीका कारण दिउँसै अँध्यारो भएको छ । बजार क्षेत्रमा गाडीहरू दिउँसै बत्ती बालेर गुडिरहेको छ।
दाङको तुलसीपुर, घोराही र लमही बजार क्षेत्रमा करिब १५ मिनेटसम्म हुरी चलेको जिल्ला प्रहरी कार्यालय दाङले केहीबेर हुरी चले पनि त्यसले क्षति पुर्याएरनपुर्याएको विवरण आउन बाँकी रहेको जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले हिजो नै लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij