Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ४८ करोड राजस्व संकलन

यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ४८ करोड राजस्व संकलन


  • 610
    Shares

    • images
    यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ४८ करोड राजस्व संकलन

    काठमाडौं । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२\८३ को हालसम्ममा ४८ करोड १९ लाख ५१ हजार राजस्व संकलन गरेको छ ।

    विभिन्न शीर्षकबाट सो राजस्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख भुवन जोशीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट ३७ करोड ८३ लाख र सबैभन्दा कम व्यावसायिक रजिष्ट्रेसन दस्तुरबाट १२ लाख राजस्व संकलन भएको छ ।

    त्यस्तै चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास र लाइसेन्स प्रमाणीकरणबाट ९ करोड ३५ लाख ८२ हजार तथा यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदूषण, रुट ईजाजत) बाट ८८ लाख २६ हजार राजस्व संकलन भएको छ ।

    यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१\८२  मा राजस्वका विभिन्न शीर्षकबाट ७५ करोड ५६ लाख २७ हजार राजस्व संकलन गरेको थियो । कार्यालयको बेरुजु रकम भने शून्य रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । 

     

     

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १४:२६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij