Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

गुल्मीमा एक महिला मृत फेला

गुल्मीमा एक महिला मृत फेला


  • 533
    Shares

    • images
    गुल्मीमा एक महिला मृत फेला

    काठमाडौं । गुल्मीको मालिका गाउँपालिका-५ मा एक महिला मृत अवस्थामा फेला परेकी छन् । वडा नम्बर-७ बस्ने ४४ वर्षकी विमला सुनार मृत फेला परेकी हुन् ।

    अचेत अवस्थामा फेला परेकी उनलाई उनको श्रीमान र स्थानीयले करिब ५० मिटर तल ग्राउन्डमा उद्धार गरी लगेका थिए । तर उनको मृत्यु भएपछि प्रहरीलाई खबर गरिएको थियो ।

    प्रहरी चौकी इस्माबाट प्रहरी टोली घटनास्थल पुगेको छ । शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ ।

    ट्याक्टरको ठक्करबाट उनको मृत्यु भएको हुन सक्ने आशंकामा लु ४ त ७५५५ नम्बरको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताएता छन् ।   

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १३:२१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij