Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

अर्थमन्त्री खनालको कुलिङ पिरियड सुरु, आजदेखि मन्त्रालय जान छाडे

अर्थमन्त्री खनालको कुलिङ पिरियड सुरु, आजदेखि मन्त्रालय जान छाडे


  • 785
    Shares

    • images
    अर्थमन्त्री खनालको कुलिङ पिरियड सुरु, आजदेखि मन्त्रालय जान छाडे

    काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल मन्त्रालयका काममा सहभागी नहुने भएका छन् । निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएसँगै उनले मन्त्रालयको दैनिक काममा सहभागी नहुने घोषणा गरेका हुन् । 

    सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफ्नो कुलिङ पिरियड सुरु भएको बताएका छन् ।  उनले लेखेका छन्,  ‘कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो मोर नेम-ट्याग्ड ट्रायल ब्यालन, प्लिज,आजदेखि कुलिङ पिरियड सुरु भयो। अब नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउनुहोस्’ ।

    अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले अब नयाँ मन्त्री नआएसम्म मन्त्रालयमा प्रशासनिक निर्णयहरू मात्रै हुने बताएका छन् ।अहिले सरकारले नयाँ आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढाइरहेको छ । यो प्रक्रियामा समेत कुनै अवरोध नहुने प्रवक्ता पाण्डेयको भनाइ छ ।

     

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - ११:३६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij