Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

स्याटेलाइट क्लिनिक सञ्चालन गर्दै गोरखाको भिमसेनथापा गाउँपालिका

स्याटेलाइट क्लिनिक सञ्चालन गर्दै गोरखाको भिमसेनथापा गाउँपालिका


  • 680
    Shares

    • images
    स्याटेलाइट क्लिनिक सञ्चालन गर्दै गोरखाको भिमसेनथापा गाउँपालिका

    गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिकाले नागरिकलाई सहज र नजिकमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने भएको छ । गाउँपालिका स्वास्थय शाखामार्फत शुक्रबार निःशुल्क स्वास्थ्य सेवा, दन्त सेवा तथा आँखा जाँच र उपचार सेवा सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए।

    ‘सुलभ स्वास्थ्य सेवा’ अभियानअन्तर्गत गाउँपालिकाले नियमित रुपमा स्याटेलाइट क्लिनिक सेवा सञ्चालन गर्दै आएको छ । गाउँपालिकाको वडा नम्बर ३ तान्द्राङस्थित तान्द्राङ स्वास्थ्य चौकीमा क्लिनिक सञ्चालन हुने उनले बताए । स्याटेलाइट क्लिनिकमा सामान्य स्वास्थ्य परीक्षण, मुख तथा दाँतसम्बन्धी सेवा, आँखा जाँच, उपचार तथा आवश्यक परामर्शसमेत प्रदान गरिनेछ ।

    सो अवसरमा सहिद स्मृति आधारभूत अस्पतालकाका डाक्टर आमोर लोहनी, डेन्टल हाइजेनिष्ट जीवन यादव, नेत्र साहायक रचना केसीलगायतका चिकित्सक एवं स्वास्थकर्मीको टोलीले उपचारसेवा प्रदान गर्ने गाउँपालिका स्वास्थय शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए ।

    भिमसेनथापा गाउँपालिकाले स्थानीय नागरिकलाई टोलटोलमा विशेषज्ञ सेवा पु¥याउन नियमित रुपमा स्याटेलाइट क्लिनिक सञ्चालन गर्दै आएको उनको भनाई छ । साथै, नागरिकलाई तोकिएको मिति र समयमा उपस्थित भई निःशुल्क सेवा लिन पनि गाउँपालिकाले आग्रह गरेको छ ।

    स्वास्थ्य सेवा सबैको आधारभूत अधिकार भएकाले त्यसको सहज पहुँच सुनिश्चित गर्न गाउँपालिका सक्रिय बन्दै गएको यो उदाहरणलाई सराहनीय पहलका रूपमा हेरिएको छ ।

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १७:३५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij