Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

विदेश घुमाउने प्रलोभनमा ३ करोड ठगी, ७ जना प्रहरीको फन्दामा

विदेश घुमाउने प्रलोभनमा ३ करोड ठगी, ७ जना प्रहरीको फन्दामा


  • 1.4K
    Shares

    विदेश घुमाउने प्रलोभनमा ३ करोड ठगी, ७ जना प्रहरीको फन्दामा

    काठमाडौं । काठमाडौं महानगरपालिका-१० स्थित थापागाउँमा श्रीटेल होलिडेज नामको ट्राभल एजेन्सीको कार्यालय स्थापना गरेर ठगेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना भारतीय र एक जना नेपाली नागरिक छन् ।

    सर्वसाधारणलाई युरोप, एसिया र अफ्रिका लगायतका १७५ देशमा पर्यटक भिसामा घुम्न पठाउने ‘प्याकेज अफर’ देखाएर आरोपीहरूले ठगी गरेका हुन् । 

    उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ३ मा थापागाउँस्थित सो ट्राभलको कार्यालयमा छापा मारेर आरोपीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा २६ वर्षीय विवेक रेग्मी, भारत घर भएका ३९ वर्षीय हुसेन सैयद, ४४ वर्षीय साजिद ओमर सैयद, ३४ वर्षीय महम्मद इमरान, ३३ वर्षीय मिर खालिद हुसेन, ४० वर्षीय रजाक महम्मद र ४२ वर्षीय समादा गिरी छन् । विवेक रेग्मी बाहेक अन्य आरोपी भारतीय नागरिक हुन् ।

    आरोपीहरूले २ करोड ७२ लाख रुपैयाँ असुलेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले बताएका छन् । 

    उनीहरुले फोन गरेर चिट्ठा परेको जानकारी गराउँदै ट्राभलको अफिसमा बोलाउने गरेका थिए । थापागाउँस्थित ट्राभल्सको कार्यालयमा बोलाएर ७ दिन, १० दिन र ५ वर्षसम्मको प्याकेज देखाएर रकम जम्मा गर्न लगाउने र सम्झौता बमोजिम काम नगरेर ठग्ने गरेको एसपी भट्टले जानकारी दिएका छन् ।

    आरोपीहरूमाथि थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी भट्टले बताएका छन् । आरोपीहरुविरुद्ध ३२८ जना पीडितहरूले प्रहरीमा उजुरी दिएका छन् । 

     

    images
    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १७:०६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij