२०८२ चैत्र ५ गते बिहिवार
काठमाडौं । गुडिरहेको स्कुल बसबाट खस्दा उदयपुरमा एक बालकको मृत्यु भएको छ। बेलका नगरपालिका-४ हरीपुर शिसवारी भित्रि सडक खण्डमा को। १ ख ३५१६ नम्बरको बेलका बोर्डिङ स्कुलको बसबाट खसेर नौ वर्षीय बालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा बेलका बोर्डिङ स्कुलमा अध्ययनरत ९ वर्षीय सफल बस्नेत रहेका छन्। जहडाबाट हरिपुरतर्फ जाँदै गरेको बसबाट अचानक खस्दा बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
घटनाको सूचना प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली पुगेको थियो। बालकको शव पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको छ।
दुर्घटनापछि बस चालक ३४ वर्षीय प्रेम तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij