Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट काम गर्ने ६९ जना प्रहरी पुरस्कृत (सूचीसहित)

प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट काम गर्ने ६९ जना प्रहरी पुरस्कृत (सूचीसहित)


  • 617
    Shares

    • images
    प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट काम गर्ने ६९ जना प्रहरी पुरस्कृत (सूचीसहित)

    काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गर्ने ६९ जना प्रहरी पुरस्कृत भएका छन्।

    आइजिपी दानबहादुर कार्कीले चैत २ गते एआइजिपीदेखि प्रहरी जवानसम्मका प्रहरी कर्मचारीलाई नगद पुरस्कार दिने निर्णय गरेका हुन्।

    पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरूमा पनि सकारात्मक प्रभाव पर्ने भन्दै आइजिपी कार्कीले पुरस्कृत गर्ने निर्णय गरेका थिए। फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्वक रूपमा सम्पन्न भएको थियो।

    पुरस्कृत हुनेमा नेपाल प्रहरीका केन्द्रीय निर्वाचन सेल प्रमुख एआइजी उमाप्रसाद चतुर्वेदी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी ईश्वर कार्की पुरस्कृत भएका छन्।

    डिआइजीहरू अरूण पौडेल, गोविन्द थपलिया, विनोद घिमिरे, दिपेन्द्र जिसी, दिपक रेग्मी, ओमबहादुर राना र भुपेन्द्र खत्रीलाई प्रहरी नियमावली अनुसार नगद पुरस्कार प्रदान गरिएको हो।

    त्यस्तै एसएसपी मुकुन्द मरासिनी, कृष्णबहादुर पल्ली मगर, जनार्दन जिसी, सन्तोषकुमार भट्टराई, दयानिधी ज्ञवाली, भुवनेश्वर तिवारी र सुवासचन्द्र बोहरा पुरस्कृत भएका हुन्। 

    ज्ञवाली र बोहरा केन्द्रीय निर्वाचन सेलमा बसेर सुरक्षा चुनौतिको विश्लेषणमा खटिएका थिए। त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाकी बसुन्धरा खड्कासहित १९ जना एसपी पनि पुरस्कृत भएका छन्।

    सूची: 

    सि.नं. दर्जा (पद) नामथर दरबन्दी/कार्यरत स्थान
    प्र.अ.म.नि. उमा प्रसाद चतुर्बेदी ने.प्र.प्र.का. कार्य विभाग
    ‍२ प्र.अ.म.नि. ईश्वर कार्की का.उ.प्र.का. रानीपोखरी
    प्र.ना.म.नि. अरुण पौडेल ने.प्र.प्र.का. कार्य विभाग
    प्र.ना.म.नि. गोबिन्द थपलिया मधेश प्र.प्र.का. जनकपुर
    प्र.ना.म.नि. विनोद घिमिरे कोशी प्र.प्र.का. विराटनगर
    प्र.ना.म.नि. दिपेन्द्र जि.सी. गण्डकी प्र.प्र.का. पोखरा
    प्र.ना.म.नि. दिपक रेग्मी बागमती प्र.प्र.का. हेटौंडा
    प्र.ना.म.नि. ओम बहादुर राना सुदूरपश्चिम प्र.प्र.का. धनगढी
    प्र.ना.म.नि. भुपेन्द्र खत्री लुम्बिनी प्र.प्र.का. दाङ
    १० प्र.व.उ. मुकुन्द मरासिनी ने.प्र.प्र.का.अ.अ. विभाग
    ११ प्र.व.उ. कृष्ण ब. पल्ली मगर ने.प्र.प्र.का. प्रदेश समन्वय विभाग
    १२ प्र.व.उ. जनार्दन जि.सी. प्रदेश प्र.ता.के. पोखरा
    १३ प्र.व.उ. सन्तोष कुमार भट्टराई ने.प्र.वि.प्र. तथा ता.के. सामाखुशी
    १४ प्र.व.उ. दयानिधि ज्ञवाली ने.प्र.प्र.का. कार्य विभाग
    १५ प्र.व.उ. भुवनेश्वर तिवारी ने.प्र.प्र.का.रा.सु. तथा ट्रा.व्य. महाशाखा
    १६ प्र.व.उ. सुवास चन्द्र वोहरा/वौधरी ने.प्र.प्र.का. कार्य विभाग
    १७ प्र.उ. सिताराम रिजाल जि.प्र.का. रौतहट
    १८ प्र.उ. सुमन कु. तिमिल्सिना कोशी प्र.प्र.का. विराटनगर
    १९ प्र.उ. नरेश राज सुवेदी का.उ.ट्रा.प्र.का. रामशाहपथ
    २० प्र.उ. सुधिर राज शाही जि.प्र.का. सुर्खेत
    २१ प्र.उ. योगेन्द्र कुमार खडका जि.प्र.का. सर्लाही
    २२ प्र.उ. अनुपम श्रेष्ठ जि.प्र.का. नवलपरासी पश्चिम
    २३ प्र.उ. अंगुर जि.सी. जि.प्र.का. बाँके
    २४ प्र.उ. मनिष राज सापकोटा ने.प्र.प्र.का.सू.प्र. निर्देशनालय
    २५ प्र.उ. बसुन्धारा खड्का जि.प्र.का. झापा
    २६ प्र.उ. गोविन्द पुरी जि.प्र.का. चितवन
    २७ प्र.उ. बासुदेब पाठक जि.प्र.का. सिरहा
    २८ प्र.उ. यादव ढकाल लुम्बिनी प्र.प्र.का. दाङ
    २९ प्र.उ. दिपक श्रेष्ठ जि.प्र.का. दाङ
    ३० प्र.उ. युवराज खड्का जि.प्र.का. नवलपरासी पूर्व
    ३१ प्र.उ. सुदिप राज पाठक जि.प्र.का. पर्सा
    ३२ प्र.उ. दधिराम न्यौपाने जि.प्र.का. स्याङ्जा
    ३३ प्र.उ. पुष्प राज मल्ल गौ.बु.अ.वि.सु.का. भैरहवा
    ३४ प्र.उ. श्यामु अर्याल ने.प्र.प्र.का. कार्य विभाग
    ३५ प्र.उ. दिपक भारती ने.प्र.प्र.का. कार्य विभाग
    ३६ प्र.ना.उ. कौशल कु. बुढाथोकी जि.प्र. परिसर काठमाण्डौ
    ३७ प्र.ना.उ. द्वारीका प्रसाद घिमिरे जि.प्र. परिसर ललितपुर
    ३८ प्र.ना.उ. मनोज कुमार लामा जि.प्र.का. दोलखा
    ३९ प्र.ना.उ. सुबास हमाल इ.प्र.का. इटहरी सुनसरी
    ४० प्र.ना.उ. किशोर लम्साल इ.प्र.का. दमक झापा
    ४१ प्र.ना.उ. सन्तोष निरौला ने.प्र.प्र.का. प्रशासन शाखा
    ४२ प्र.ना.उ. नरहरी अधिकारी जि.प्र.का. प्युठान
    ४३ प्र.ना.उ. सरोज गिरी ने.प्र.प्र.का.रा.सु. तथा ट्रा.व्य. महाशाखा
    ४४ प्र.ना.उ. सुगन्ध श्रेष्ठ कर्णाली प्र.प्र.का. सुर्खेत
    ४५ प्र.ना.उ. बीरेन्द्र बीर विश्वकर्मा जि.प्र.का. रोल्पा
    ४६ प्र.ना.उ. रुक बहादुर खड्का जि.प्र.का. डोल्पा
    ४७ प्र.ना.उ. जगदीश सिंह डाँगा सुदूरपश्चिम प्र.प्र.का. धनगढी
    ४८ प्र.ना.उ. सुधिर राई प्रहरी वृत्त बानेश्वर काठमाण्डौ
    ४९ प्र.ना.उ. टेक बहादुर रावत का.उ.प्र.का. रानीपोखरी
    ५० प्र.ना.उ. प्रकाश जबेगु जि.प्र. परिसर भक्तपुर
    ५१ प्र.ना.उ. हिम बहादुर खत्री जि.प्र.का. कालीकोट
    ५२ प्र.ना.उ. दिवश बहादुर जि.सी. जि.प्र.का. अर्घाखाँची
    ५३ प्र.नि. अशोक मल्ल ने.प्र.प्र.का. कार्य विभाग
    ५४ प्र.नि. बिरेन्द्र सिंह थापा जि.प्र.का. कञ्चनपुर
    ५५ प्र.नि. लक्ष्मी राज जोशी जि.प्र.का. बाजुरा
    ५६ प्र.नि. दिनेश प्रसाद रिमाल ने.प्र.प्र.का. क.प्र. शाखा
    ५७ प्र.व.ना.नि. मदन सिंह धामी ने.प्र.प्र.का. स्मारक गुठी
    ५८ प्र.व.ना.नि. सृजना खड्का ने.प्र.प्र.का. कार्य विभाग
    ५९ प्र.व.ना.नि. सुवास खतिवडा ने.प्र.प्र.का. कर्मचारी प्रशासन शाखा
    ६० प्र.ना.नि. राम बहादुर गुरुङ ने.प्र.प्र.का. कर्मचारी प्रशासन शाखा
    ६१ प्र.ना.नि. गणेश तामाङ थिङ ने.प्र.प्र.का.अ.अ. विभाग
    ६२ प्र.व.ह. भक्त बहादुर ऐरी ने.प्र.प्र.का. कार्य विभाग
    ६३ प्र.ह. रेशम कुमार पेमी ने.प्र.प्र.का. सञ्चार निर्देशनालय
    ६४ प्र.ह. चेतनाथ न्यौपाने ने.प्र.प्र.का.के.प्र. परिचालन कक्ष
    ६५ प्र.ह. तोली बहादुर थापा प्रहरी वृत्त गौशाला काठमाण्डौ
    ६६ प्र.स.ह. कृष्णहरि कार्की ने.प्र.प्र.का. कार्य विभाग
    ६७ प्र.स.ह. खिलराज मगर ने.प्र.प्र.का.आ.प्र.सं. को सचिवालय
    ६८ प्र.ज. सुजन कार्की ने.प्र.प्र.का.अ.अ. विभाग
    ६९ प्र.ज. गन्दिप बहादुर कार्की ने.प्र.प्र.का. कार्य विभाग

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - ११:२०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij