Logo

२०८३ बैशाख १९ गते शनिवार

२०८३ बैशाख १९ गते शनिवार

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते, हल निर्माणको काम अन्तिम चरणमा

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते, हल निर्माणको काम अन्तिम चरणमा


  • 1.4K
    Shares

    नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते,  हल निर्माणको काम अन्तिम चरणमा

    काठमाडौं । सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनमा नवनिर्वाचित सांसदहरूको शपथग्रहणका लागि अस्थायी हलमा गरिएको तयारी अन्तिम चरणमा पुगेको छ। 

    संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार, चैत १२ गते शपथग्रहण कार्यक्रम आयोजना गर्ने तयारी तीव्र रूपमा भइरहेको छ।

    नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार नभएकाले अस्थायी हल बनाएर कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको हो। हलमा माइक, बत्ती र अन्य आवश्यक व्यवस्थापनका काम धमाधम भइरहेको छ।

    सिंहदरबारभित्र निर्माणाधीन बहुउद्देश्यीय हललाई अस्थायी रूपमा व्यवस्थापन गरी कार्यक्रमका लागि तयार पारिएको छ। प्रवक्ता गिरीका अनुसार उक्त हल केही दिनभित्रै पूर्ण रूपमा तयार हुने अपेक्षा गरिएको छ।

     

    images
    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - १५:४६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij