२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । विपक्षी गठबन्धनका सांसदहरूले संसद विघटनिवरुद्ध हस्ताक्षर संकलनमा लागेका छन् । आइतबार दिउँसो सिंहदरबारस्थित आ-आफ्नै संसदीय दलको कार्यालयमा सांसदहरूले हस्ताक्षर संकलन गरिरहेका छन् ।
संसद विघटनिवरुद्ध संकलन भएका हस्ताक्षर विपक्षी गठबन्धनले आजै सर्वोच्च अदालतमा बुझाउने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद आफ्न संसदीय दलको कार्यालय र माओवादी केन्द्रका सांसद आफ्नो कार्यालयमा जम्मा भएका छन् ।
हस्ताक्षर संकलन भएपछि केहीबेरमै सबै सांसद सर्वोच्च अदालत जाने तयारी गरेको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए । 'हामी अहिले संसदीय दलको बैठकमा छौँ, बैठक सकिएपछि हस्ताक्षर पनि पूरा होला, त्यसपछि सर्वोच्चमा जान्छौँ', पुनले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij