Logo

२०८३ बैशाख १९ गते शनिवार

२०८३ बैशाख १९ गते शनिवार

तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची हेर्नुहोस्

तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची हेर्नुहोस्


  • 925
    Shares

    तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची हेर्नुहोस्

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

    कालीमाटीमा आज आलु, गाँजर, बन्दासहितका तरकारीको मूल्य घटेको छ। तर, बोडी, करेला, लौका, च्याउ, ब्रोकाउली, भिन्डीसहितका धेरैजसो तरकारीको भाउ भने बढेको समितिले जनाएको छ। 

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४०, रातो आलु १८, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २०, लोकल बन्दा २२, स्थानीय काउली २२, भन्टा ४० रुपैयाँ प्रतिकिलो छ।

    त्यसैगरि तनेबोडी १५०, करेला ११५, लौका ५५, घिरौँला ६५, डल्ले फर्सी २५, पाकेको फर्सी ६५, भिन्डी १२०, कन्य च्याउ १७५, डल्ले च्याउ ३५५, सिताके च्याउ ९००, कुरिलो ४२५, ब्रोकाउली ४५ रुपैयाँ प्रतिकिलो छ। 

    कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४०, रातो आलु २०, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २८, लोकल बन्दा २५, स्थानीय काउली २०, लाम्चो भन्टा ४०, डल्ले भन्टा ५० रुपैयाँ प्रतिकिलो थियो।

    त्यसैगरि करेला ११०, लौका ४३, घिरौँला ६५, डल्ले फर्सी १५, पाकेको फर्सी ६०, भिन्डी ११०, कन्य च्याउ १३५, डल्ले च्याउ ३५५, सिताके च्याउ ९००, कुरिलो ४२५, ब्रोकाउली ३७ रुपैयाँ प्रतिकिलो थियो। 
     
    हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची

     

    images
    प्रकाशित मिति :चैत्र ३ २०८२ मंगलवार - ०८:३७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij