Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पौडी खेल्ने क्रममा महाकालीमा बालक बेपत्ता

पौडी खेल्ने क्रममा महाकालीमा बालक बेपत्ता


  • 470
    Shares

    • images
    पौडी खेल्ने क्रममा महाकालीमा बालक  बेपत्ता

    काठमाडौं । दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । महाकालीमा आज पौडी खेल्ने क्रममा व्यास गाउँपालिका-६ का १५ वर्षीय धीरज धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिए ।

    उनका अनुसार जिल्ला सदरमुकाम खलङ्गामा डेरा गरी बस्दै आएका धामी पौडी खेल्ने क्रममा महाकाली नगरपालिका-५ बसपार्क नजिकबाट बेपत्ता भएका हुन् ।

    साथीहरुसँग पौडी खेल्न गएका धामी नदीमा डुबेर बेपत्ता भएका हुन् । उनीसँगै गएका दुई साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ । धामी महेन्द्र माध्यमिक विद्यालय खलङ्गामा कक्षा ९ मा अध्ययनरत थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - १६:४९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij