२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा ३०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको हो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ । यता चाँदी तर्फ भने गत शुक्रबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले गिरावट आउँदै आइतबार एक हजार ३४५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij