Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बैंकको मुद्दति निक्षेपमा ९ अर्ब ५० करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकको मुद्दति निक्षेपमा ९ अर्ब ५० करोड लगानी गर्दै राष्ट्र बैंक


  • 624
    Shares

    • images
    बैंकको मुद्दति निक्षेपमा ९ अर्ब ५० करोड लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ९ अर्ब ९० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।

    यसका लागि चैत ५ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। यो लगानी ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

    कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ७ अर्ब ६० करोड करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब ४२ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ४७ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको छ।  

     

    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - १६:२१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij