Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाइयो संसद विघटन र निर्वाचनको घोषणा गरेको विज्ञप्ति

राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाइयो संसद विघटन र निर्वाचनको घोषणा गरेको विज्ञप्ति


  • 5.4K
    Shares

    राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाइयो संसद विघटन र निर्वाचनको घोषणा गरेको विज्ञप्ति
    images

    काठमाडौं । राष्ट्रपति कार्यालयले प्रतिनिधि सभा विघटन र मध्यावधी निर्वाचनको घोषणा गरेको विज्ञप्ति कार्यालयको वेबसाइटबाट हटाएको छ ।

    जेठ ६ गते मध्यराति प्रधानमन्त्रीको लागि दुवै पक्षको दाबी नपुगेको सहित संसद विघटन र मध्यावधि निर्वाचन घोषणा गरिएको विज्ञप्ति हटाएको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले बहुमत पुर्याउन नसक्ने देखिएको भन्दै संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् ।

    त्यसै अनुसार कांग्रेस सभापति देउवाको नाम अघि सार्दै विपक्षी गठबन्धनको तर्फबाट १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुगेको थियो ।

    भने यता एमाले संसदीय दलका नेता समेत रहेका हालका प्रधानमन्त्री केपी शर्मा ओली आफूसँग १५३ सांसद रहेको दाबीसहित राष्ट्रपति कार्यालय पुगेका थिए । राष्ट्रपति कार्यालयले शुक्रवार मध्यराति दुवैको दाबी नपुग्ने घोषणा गर्दै संसद विघटन गरि मध्यावधि निर्वाचन घोषणा गरेको थियो ।

    किन र के कारणले उक्त पत्रहरु लुकाइएको हो राष्ट्रपति कार्यालयले खुलाउन चाहेको छैन ।

    यी हुन् वेबसाइटबाट हटाइएका विज्ञप्तिहरु :

    1.jpg

    2.jpg3.jpg

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - १०:५२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij