Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हेटौंडामा थप ५ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडामा थप ५ जना कोरोना संक्रमितको मृत्यु


  • 5.5K
    Shares

    हेटौंडामा थप ५ जना कोरोना संक्रमितको मृत्यु

    मकवानपुर । हेटौंडामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा अस्पतालको कोभिड वार्डमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको हो ।

    हेटौंडा–४ का ५८ वर्षीय पुरुष, बकैया गाउँपालिका–११ का ८५ वर्षीय पुरुष, मनहरी गाउँपालिका–९ का २ वर्षीय पुरुष, बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ निवासी ४८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा. सागर कार्कीले जानकारी दिएका छन् । उनका अनुसार हेटौंडा–११ की ६० वर्षीय महिलाको पनि कोरोनाको कारण शनिबार बिहान मृत्यु भएको हो ।

    मकवानपुरमा जिल्लामा कोरोनाको दोस्रो लहर सुरु भएसँगै हेटौंडा अस्पतालमा ४३ जनाले ज्यान गुमाइसकेका छन् । हाल हेटौंडा अस्पतालको कोभिड वार्ड तथा इमर्जेन्सीमा संक्रमितको चापले भरिएको छ ।

    प्रकाशित मिति :जेठ ८ २०७८ शनिवार - १३:४६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij