Logo

२०८२ फाल्गुण २५ गते सोमवार

२०८२ फाल्गुण २५ गते सोमवार

टिकटकमा ३२ लाख फलोवर्स, भोट ल्याए २४०

टिकटकमा ३२ लाख फलोवर्स, भोट ल्याए २४०


  • 1.0K
    Shares

    टिकटकमा ३२ लाख फलोवर्स, भोट ल्याए २४०

    काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा करोडौंको मन जितेका चर्चित टिकटकर मोहम्मद उमर खानले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट जम्मा २४० मत मात्र प्राप्त गरी लज्जास्पद हार बेहोरेका छन् ।

    उमर खानको ‘अफिसियल उमरखान२’ नामक टिकटक आइडीलाई ३२ लाखभन्दा बढीले पछ्याएका छन् भने उनका भिडियोहरू एक करोड ९४ लाखभन्दा बढी पटक हेरिएका छन् । विशेषगरी ९० को दशकका रोमान्टिक हिन्दी र चर्चित नेपाली गीतहरूमा आफ्नो अभिनय कला प्रस्तुत गर्दै उनले लाखौं दर्शकको मन जित्न सफल भएका थिए ।

    मेलिना पन्तसँगको उनको टिकटक जोडीलाई दर्शकले निकै रुचाउने गर्छन् । टिकटकमा यति ठुलो फ्यान फलोइङ भए पनि उनी मतदाताको मनमा भने अटाउन नसकेको निर्वाचन परिणामले देखाएको छ । तेक्वान्डोमा ४३ स्वर्ण पदक विजेता खान चितवनमा मदरसा विद्यालयसमेत सञ्चालन गरिरहेका छन् ।

    नेपाली फिल्म ‘होस्टेल ३’ मा भिलेनको भूमिकाबाट अभिनयमा डेब्यु गरेका उनी आफ्नो कन्टेन्ट क्रिएसन, खेल र सामाजिक कार्यमार्फत सक्रिय छन् । उमर खान राष्ट्र निर्माण दलको तर्फबाट निर्वाचनमा होमिएका थिए । मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मिया अन्सारीको नेतृत्वमा गठन भएको यो दल गएको पुस १७ गते बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी घोषणा गरिएको थियो ।

    अन्सारीले दलले सबै भूगोल, जनजाति, समूह, दलित, मुस्लिम, नेवा, खस आर्य समुदायलाई समेट्ने बताएका थिए । यस पार्टीको चुनाव चिह्न पानीको बोतल रहेको थियो । पर्सा–१ मा रास्वपाका बुद्धिप्रसाद पन्त २७ हजार २७४ मत ल्याएर विजयी भए । पन्तका निकटतम प्रतिद्वन्द्वी पूर्वमन्त्री नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले १३ हजार ३० मत मात्र पाए । यहाँ नेपाली कांग्रेसका अनिल रुँगटा तेस्रो भए।

    प्रकाशित मिति :फाल्गुण २५ २०८२ सोमवार - ११:५३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij