Logo

२०८२ फाल्गुण २० गते बुधवार

२०८२ फाल्गुण २० गते बुधवार

मतदान अधिकृतको जिम्मेवारी खोसियो

मतदान अधिकृतको जिम्मेवारी खोसियो


  • 624
    Shares

    मतदान अधिकृतको जिम्मेवारी खोसियो

    बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानस्थलमा खटिएका एक मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ । बागलुङ–२ स्थित गलकोट नगरपालिका–१० रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेको जिम्मेवारी खोसिएको हो ।

    निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीका अनुसार उनले मतदान अधिकृतले गर्न नहुने किसिमका गतिविधि गरेको देखिएकाले जिम्मेवारीबाट हटाइएको हो । उनले  मतदान अधिकृतहरूको ह्वाट्सएप समूहमा गलत अभिव्यक्ति दिएका थिए । जहाँ उनले ‘तपाइको मत ढुवानी खर्च ८ हजार दिनुहुन्छ अनि गाडीले १६ हजार लिन्छ अनि नभागेर च्यापेर बस्नु रु’ जस्ता अभिव्यक्ति लेखेका थिए ।

    उनको लेखबाट जिल्लाभित्रका अन्य मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरूको मनोबल गिराउने कार्य भएको सुवेदीले बताए । उनलाई हटाएको जानकारी निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा सम्बन्धित निकायलाई समेत गराइएको कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २० २०८२ बुधवार - १२:३१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij