Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

बुटवलमा खाग तस्कर पक्राउ गर्न प्रहरीले गोली चलायो : एक जना घाइते

बुटवलमा खाग तस्कर पक्राउ गर्न प्रहरीले गोली चलायो : एक जना घाइते


  • 6.8K
    Shares

    • images
    बुटवलमा खाग तस्कर पक्राउ गर्न प्रहरीले गोली चलायो : एक जना घाइते
    images

    बुटवल ।  बुटवल उपमहानगरपालिका–७ स्थित एक होटलमा गोली चल्दा एकजना घाइते भएका छन् ।

    विशेष सुराकीको आधारमा सुख्खानगरको एक होटलमा गैंडाको खागसहित मानिस बसेको थाहा पाएर त्यहाँ प्रहरी पुगेपछि गोली चलेको हो । 

    सुख्खानगरस्थित कलश होटलको कोठा नम्बर ५ मा बसेका तस्कर समूहलाई पक्राउ गर्न पुगेको प्रहरीकै हतियार खोसेर गोली हान्दा एकजना घाइते भएको स्रोतको दाबी छ । 

    तस्कर र प्रहरीबीच घम्साघम्सी भएपछि तस्करको समूहले हतियार खोसेर प्रहरीलाई गोली हान्दा उनकै समूहका राकेश न्यौपानेलाई गोली लागेको हो । 

    उनी गम्भीर घाइते भएको प्रहरीले बताएको छ। घटनास्थलबाट प्रहरीले अन्य दुईजनालाई नियन्त्रणमा लिएको छ भने एकजना फरार भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

    प्रकाशित मिति :मंसिर २१ २०७७ आइतवार - ११:११:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij