रवि लामिछानेको फेसबुक पेज ह्याक गर्ने प्रयास - Khabar Center
Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

रवि लामिछानेको फेसबुक पेज ह्याक गर्ने प्रयास

रवि लामिछानेको फेसबुक पेज ह्याक गर्ने प्रयास


  • 330
    Shares

    रवि लामिछानेको फेसबुक पेज ह्याक गर्ने प्रयास

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेजमा अनधिकृत पहुँच (ह्याक) को प्रयास भएको छ। बाह्य व्यक्तिहरूले पेज ह्याक गर्ने प्रयास गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मेटा (फेसबुक)ले उक्त पेजलाई हालका लागि लक गरिदिएको छ।

    रास्वपा सचिवालयले मंगलबार एक सूचना जारी गर्दै सभापति लामिछानेको पेजमा आज बिहानैदेखि पटक–पटक अनधिकृत पहुँच बनाउने प्रयास भइरहेको जानकारी गराएको हो।

    सचिवालयका अनुसार पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म र नियन्त्रणमा फिर्ता नआएसम्म यसबाट कुनै पनि नयाँ सामग्री पोस्ट हुने छैनन्। फेसबुकको सुरक्षा प्रक्रिया पूरा गरेर पेजलाई पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको सचिवालयले जनाएको छ।

    यसैबीच, सचिवालयले आम सर्वसाधारण तथा शुभचिन्तकहरूलाई सचेत गराउँदै उक्त पेजबाट कुनै पनि शंकास्पद पोस्ट, सन्देश वा लिङ्कहरू सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्न आग्रह गरेको छ।

    प्रकाशित मिति :फाल्गुण १९ २०८२ मंगलवार - ११:१९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij