२०८२ फाल्गुण १९ गते मंगलवार
रामेछाप । मन्थलीबाट निर्वाचन सामग्री र कर्मचारी लिएर रामेछाप–२ र ३ का बुथतर्फ जाँदै गरेको गाडी देउराली सिरुबारीको भिर नजिकै दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा ७ देखि ८ जना घाइते भएका छन्, जसलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
गाडीमा निर्वाचन अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीसहित मतपेटिका र आवश्यक कागजातहरू रहेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर राजन तिम्सिनाले घटनाको पुष्टि गर्दै भने— ‘जिल्लाबाट मसहितको टोली जाँदैछौं। हामीलाई दुर्घटनास्थल पुग्न एक/डेढ घण्टा लाग्छ। अहिले त्यहाँ स्थानीय प्रहरीले उद्धार गरिरहेको छ। थप विवरण आउन बाँकी छ।’
दुर्घटनामा परेका मतपेटिकाहरू सुरक्षित रहेरनरहेको बारे सूचना आउन बाँकी छ। घटनास्थल मन्थलीबाट टाढा र दुर्गम भएकाले थप विवरण संकलनमा कठिनाइ भइरहेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij