Logo

२०८२ फाल्गुण १८ गते सोमवार

२०८२ फाल्गुण १८ गते सोमवार

कराचीँस्थित अमेरिकी वाणिज्य दूतावास नजिक झडप, ६ जनाको मृत्यु

कराचीँस्थित अमेरिकी वाणिज्य दूतावास नजिक झडप, ६ जनाको मृत्यु


  • 337
    Shares

    कराचीँस्थित अमेरिकी वाणिज्य दूतावास नजिक झडप, ६ जनाको मृत्यु

    इस्लामवाद । पाकिस्तानको कराँचीस्थित अमेरिकी कन्सुलेट ९वाणिज्य दूतावास० नजिक भड्किएको झडपमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । झडपमा केही घाइते भएका छन् । पाकिस्तानी उद्धार संस्था एदी फाउन्डेसनका अनुसार प्रदर्शन उग्र बनेपछि हिंसात्मक अवस्था सिर्जना भएको थियो । 

    यसअघि प्रदर्शनकारीहरूले कराँचीस्थित अमेरिकी कूटनीतिक नियोगतर्फ अघि बढ्ने प्रयास गरेका थिए । भीड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गर्दा झडप भएको र धेरै व्यक्ति घाइते भएको बताइएको छ । 

    घटनापछि सुरक्षा व्यवस्था कडा बनाइएको छ र अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र शीर्ष सैन्य कमाण्डरहरूको हत्याको विरोधमा प्रदर्शन भएको जनाइएको छ ।  

    प्रकाशित मिति :फाल्गुण १७ २०८२ आइतवार - १४:११:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij