Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भयो, काँग्रेसको ‘वाइवाइ’ फ्याक्ट्री जस्तै चल्नुपर्‍योः बालेन्द्र साह

देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भयो, काँग्रेसको ‘वाइवाइ’ फ्याक्ट्री जस्तै चल्नुपर्‍योः बालेन्द्र साह


  • 1.3K
    Shares

    देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भयो, काँग्रेसको ‘वाइवाइ’ फ्याक्ट्री जस्तै चल्नुपर्‍योः बालेन्द्र साह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र साहले मुलुक हेटौँडा सिमेन्ट कारखानाजस्तै बन्द अवस्थामा पुगेको भन्दै अब चलाउनुपर्ने टिप्पणी गरेका छन् । शुक्रवार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै नेता साहले यस्तो टिप्पणी गरेका हुन्। 

    उनले दक्ष जनशक्ति, खानि र आवश्यक औजार हुँदाहुँदै पनि हेटौँडा सिमेन्ट उद्योग बन्द गरिएको भन्दै उनले नेपाली काँग्रेसको ‘वाईवाई’ फ्याक्ट्री जस्तै चल्नुपर्ने टिप्पणी गरेका छन् । उनले बन्द रहेका सबै कारखाना सञ्चालन तथा नयाँ उद्योग स्थापना गर्ने पार्टीको योजना रहेको भन्दै घण्टि चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।
     
    उनले भने, ‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । मेसिन पनि छ । मेन पावर पनि छ, खानि पनि छ । तर बन्द । अब चल्नुप¥यो । नेपाली काँग्रेसको वाईवाई फ्याक्ट्रीजस्तै चल्नुप¥यो अब त्यो पनि । पूरै देशभरी चल्नुप¥यो । बन्द भएका सबै उद्योग तथा कारखाना चलाउने पार्टी बन्न चाहन्छौँ हामी ।’

    उनले पार्टी सभापति नै यहीबाट उम्मेदवार रहेको भन्दै चिन्ता नलिन समेत चितवनबासीलाई आग्रह गरेका छन् ।  

    प्रकाशित मिति :फाल्गुण १५ २०८२ शुक्रवार - १५:५९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij