२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । कोरोना महामारीका कारण जारी निषेधाज्ञाको समयमा नेपाली बजारमा सुनको भाउमा उतारचढाव देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो ।
हिजो बिहीबार तोलामा ४०० रुपैयाँले बढेर ९३ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आज सोही रकम बराबर गिरावट आउँदा प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको हो ।
सोही परिमाणको तेजावी सुनको भाउ आज प्रतितोला ९२ हजार ८०० रुपैयाँ रहेको छ । यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३५० रुपैयाँमा कारोबार हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij