Logo

२०८२ फाल्गुण १५ गते शुक्रवार

२०८२ फाल्गुण १५ गते शुक्रवार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक आजबाट ४१ औं वर्षमा प्रवेश

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक आजबाट ४१ औं वर्षमा प्रवेश


  • 449
    Shares

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक आजबाट ४१ औं वर्षमा प्रवेश

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औं वर्षमा प्रवेश गरेको छ । चार दशक लामो यात्रामा बैंकले ग्राहकवर्गहरु, शेयरधनीहरु, नियामक निकाय, साझेदार संस्थाहरु तथा सम्पूर्ण कर्मचारीवर्गहरुको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्दै आएको छ । यस ऐतिहासिक अवसरमा बैंक परिवारले सम्पूर्ण हितकारीप्रति हार्दिक आभार व्यक्त गरेको छ ।  

    यस ४०औँ वार्षिकोत्सव अवसरमा, बैंकका अध्यक्ष श्री पृथ्बी बहादुर पाँडे ज्यूले बैंकको सफल यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए । 

    यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्री ज्योति प्रकाश पाण्डे ज्यूले डिजिटल रुपान्तरणलाई तीव्रता दिँदै ग्राहक अनुभवहरुलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा बैंक अग्रसर रहने बताए । ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले ग्राहकवर्गहरूको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवाहरु प्रस्तुत गरिरहने पनि जानकारी दिए ।

    बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारी विगत ८ वर्षदेखि वित्तीय साक्षारतामा आधारित चित्र पुस्तकहरु प्रकाशन गर्दै आएको छ । यस ४०औँ वार्षिकोत्सवमा पनि बैकले आफ्नो आठौं संस्करण “३ आर सुन्दर संसार” नामक चित्रकथा पुस्तक सार्वजनिक गरेको छ । बैंकले यो चित्रकथा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोतको संरक्षण र ग्लोबल वार्मिङ जस्ता विषयहरुलाई समेटि सरल, रमाइलो र ज्ञानबर्दक शैलीमा प्रस्तुत गर्ने जमर्को गरेको छ ।

    वातावरणमा भइरहेको तीव्र परिवर्तनले हाम्रो स्वास्थ्य, भविष्य र सुन्दर पृथ्वीलाई गम्भीर चुनौती दिइरहेको छ । यही कारण, बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै बालबालिकालाई सचेत बनाउन यो पुस्तक प्रकाशित गरेको हो । 

    यसैबीच, वार्षिकोत्सव दिवसका अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुको सहभागिता थियो ।

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंैंकले हाल २६९ शाखा, २५७ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ । 

    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - १६:२५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij