Logo

२०८२ फाल्गुण १४ गते बिहिवार

२०८२ फाल्गुण १४ गते बिहिवार

नेकपाले प्रत्यक्षमा ६० सिट जित्ने प्रचण्डको दाबी

नेकपाले प्रत्यक्षमा ६० सिट जित्ने प्रचण्डको दाबी


  • 309
    Shares

    नेकपाले प्रत्यक्षमा ६० सिट जित्ने प्रचण्डको दाबी

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी गरेका छन् । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीवी सहितको बैठकमा प्रचण्डले उक्त दाबी गरेका हुन् ।

    बैठकमा सहभागी नेता प्रमेश हमालले पनि फागुन २१ मा हुने निर्वाचनमा नेकपाले प्रत्यक्षमा ६० सिट जित्ने ब्रिफिङ गरेको बताएका छन् । उनले समानुपातिकतर्फ कम्तीमा २० देखि २५ लाख मत ल्याउने जिकिर गरेका छन् ।
     
    १२ वर्षपछि एक्लै चुनावमा होमिएको नेकपाले १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ । नेकपाले जित्ने सम्भावना भएको क्षेत्रमा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलाई राखेको छ । 

    प्रकाशित मिति :फाल्गुण १३ २०८२ बुधवार - १७:०९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij