Logo

२०८२ फाल्गुण १३ गते बुधवार

२०८२ फाल्गुण १३ गते बुधवार

भारतको केरला राज्यको नाम परिवर्तन गरेर ‘केरलम’ राख्ने प्रस्ताव

भारतको केरला राज्यको नाम परिवर्तन गरेर ‘केरलम’ राख्ने प्रस्ताव


  • 162
    Shares

    भारतको केरला राज्यको नाम परिवर्तन गरेर ‘केरलम’ राख्ने प्रस्ताव

    काठमाडौं । भारतले केरला राज्यको नाम परिवर्तन गर्ने भएको छ । भारतको केन्द्रीय क्याबिनेटले मंगलबार, २४ फेब्रुअरीका दिन केरला राज्यको नाम परिवर्तन गरेर ‘केरलम’ राख्ने प्रस्तावलाई स्वीकृति दिएको छ ।

    केन्द्रीय मन्त्री अश्विनी वैष्णवले प्रेस ब्रिफिङमार्फत यसको जानकारी दिएका हुन् ।

    केरला विधानसभाले यस परिवर्तनका लागि जुन २०२४ मा एउटा प्रस्ताव पारित गरेको थियो र भारत सरकारसँग केरलाको नाम परिवर्तन गर्न संविधानको पहिलो अनुसूचीमा संशोधन गर्न अनुरोध गरेको थियो ।

    पीआईबीको प्रेस विज्ञप्तिअनुसार, अब ‘केरला (नाम परिवर्तन) विधेयक, २०२६’ केरला विधानसभामा पठाइने छ, जहाँ यसमाथि छलफल हुनेछ ।

    केरला विधानसभाको राय प्राप्त भएपछि, भारत सरकारले अगाडिको प्रक्रिया अघि बढाउनेछ र संसदमा यस विधेयक पेस गर्नका लागि राष्ट्रपतिको सिफारिस लिइने बताइएको छ ।

    केरलामा मार्च–अप्रिलमा विधानसभा चुनाव हुने अपेक्षा गरिएको छ । त्यस अगाडि नै नाम परिवर्तनको यस प्रस्तावलाई स्वीकृति मिलेको हो ।

    प्रकाशित मिति :फाल्गुण १२ २०८२ मंगलवार - १९:५२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij