Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गगनलाई रविको कटाक्षः ‘सुध्रिन मन भए पाँच वर्ष प्रतिपक्ष बनेर आउनु’

गगनलाई रविको कटाक्षः ‘सुध्रिन मन भए पाँच वर्ष प्रतिपक्ष बनेर आउनु’


  • 1.6K
    Shares

    गगनलाई रविको कटाक्षः ‘सुध्रिन मन भए पाँच वर्ष प्रतिपक्ष बनेर आउनु’
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली काँग्रेसका सभापति गगन थापालाई पाँच वर्ष प्रतिपक्ष बन्न सुझाव दिएका छन् । मंगलवार इटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले थापालाई कटाक्ष गर्दै सुध्रिन वा बदलिन चाहे पाँच वर्षपछिको विकल्प बन्न सुझाव दिएका हुन् । 

    उनले यो पाँच वर्ष सरकार रास्वपाले चलाउने दाबी गरेका छन्। उनले समानुपातिक र प्रत्यक्षमा फरक फरक चिन्हमा मतदान गर्नको लागी मतदातालाई भ्रममा पार्न खोजिएको आरोप लगाएका छन् । उनले दुवैतर्फ रास्वपालाई मतदान गरेर बहुमत दिन आग्रह गरेका हुन् । उनले फागुन २१ गतेलाई इतिहासको पन्नामा सुनौलो अक्षरमा लेखिने पनि दाबी गरेका छन् । 

    उनले भने, ‘यहाँ कसै कसैले तपाईलाई झुक्याउलान्, समानुपातिकमा एउटा भोट, प्रत्यक्षमा अर्को भनेर । बहुमतको सरकार प्राप्त गर्नको लागि प्रत्यक्ष र समानुपातिक दुवैतिर घण्टी । कुनै दललाई सप्रिन, सुध्रिन मन छ भने पाँच वर्ष सडकको प्रतिपक्ष बनेर सप्रिएर आउन्, हामीले खराब ग¥यौँ भने तिनि विकल्प बनेर आउन् । यसपटक मात्र घण्टी ।’

    उनले रास्वपाले सरकार बनाएको १ सय दिनभित्र सहकारी, लघुवित्त पिडित तथा मिटरब्याजबाट पीडितहरुको वचत फिर्ता गर्ने प्रतिवद्धता पनि दोहो¥याका छन् । उनले सकुम्वासी समस्याको पनि अन्त्य गर्ने दाबी गरेका छन् । सुकुम्वासी समस्या समाधानको नाममा भोट माग्ने यो नै अन्तिम निर्वाचन हुने उनको भनाई छ ।

     

    प्रकाशित मिति :फाल्गुण १२ २०८२ मंगलवार - १७:००:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij