२०८२ फाल्गुण १३ गते बुधवार
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी सामसङले नेपाली बजारमा आफ्नो आगामी नयाँ ग्यालेक्सी स्मार्टफोन सार्वजनिक गर्नुअघि नै ग्राहकहरूका लागि विशेष ‘ह्यान्ड रेजर’ (प्रि(रिजर्भ) अफरको घोषणा गरेको छ ।
आफ्ना ग्राहक र नयाँ प्रविधिप्रति इच्छुक प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ल्याइएको यस अफरमार्फत ग्राहकले विभिन्न आकर्षक उपहार र आर्थिक लाभ प्राप्त गर्न सक्नेछन् ।
यस योजनाअन्तर्गत नयाँ ग्यालेक्सी स्मार्टफोनको अग्रिम बुकिङ गर्ने ग्राहकहरूले अधिकतम २१ हजार रुपैयाँसम्मको विशेष लाभ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
जसमा १५ हजार रुपैयाँ बराबरको १ टिबीसम्मको मेमोरी अपग्रेड र ५ हजार ९९९ रुपैयाँ मूल्यको ६० वाटको फास्ट चार्जर निःशुल्क उपलब्ध गराइनेछ । यो अफर आगामी फेब्रुअरी २३ देखि २६ तारिखसम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।
यो अफरको अर्को मुख्य आकर्षण भनेको पुरानो स्मार्टफोन साटेर नयाँ प्रविधिमा अपग्रेड हुन पाउने सुविधा हो । ग्राहकहरूले आफ्नो प्रयोगमा रहेको ग्यालेक्सी एस-२३, एस-२४ वा एस-२५ सिरिजका फोनहरू साथै आइफोन-१४, १५ र १६ सिरिजका फोनहरू साटेर नयाँ एआई(पावर्ड ग्यालेक्सी स्मार्टफोन प्रि(रिजर्भ गर्न सक्नेछन् ।
सामसङ एमएक्स डिभिजनका डाइरेक्टर प्रणय रत्न स्थापितका अनुसार कम्पनीले आफ्ना ग्राहकहरूलाई नवीनतम इनोभेसनमा सहज पहुँच पुगोस् र उनीहरूले अर्थपूर्ण मूल्य प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएको हो ।
यस अफरमा सहभागी हुन चाहने ग्राहकले सामसङको आधिकारिक अभियान वेबसाइटमा गई आफ्नो विवरणहरू दर्ता गर्नुपर्नेछ । दर्ता प्रक्रियामा ग्राहकले आफ्नो मनपर्ने रिटेलर छनौट गरी आफूले साट्न चाहेको र किन्न चाहेको डिभाइसको जानकारी बुझाउनुपर्ने हुन्छ । प्रक्रिया पूरा भएपछि प्राप्त हुने ओटीपी कोडको प्रयोग गरी ग्राहकले नयाँ स्मार्टफोन बजारमा उपलब्ध हुनासाथ आफ्नो छनौट गरेको स्टोरबाट प्राप्त गर्न सक्नेछन् ।
नयाँ स्मार्टफोन खरिदलाई थप सहज बनाउन सामसङले हुलास फिनसर्भसँगको सहकार्यमा ‘सामसङ इन्स्टाफाइनान्स’ सुविधा पनि उपलब्ध गराएको छ । यस योजनामार्फत ग्राहकले शून्य प्रतिशत ब्याजदर र शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको सजिलो किस्ताबन्दीमा नयाँ स्मार्टफोन खरिद गर्न सक्नेछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij