२०८२ फाल्गुण १३ गते बुधवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा १ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।
यसका लागि फागुन १३ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। यो लगानी ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ८८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १६ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij