Logo

२०८२ फाल्गुण १३ गते बुधवार

२०८२ फाल्गुण १३ गते बुधवार

झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु

झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु


  • 197
    Shares

    झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु

    काठमाडौं । राँचीबाट दिल्लीका लागि उडेको एक एयर एम्बुलेन्स सोमबार राति झारखण्डको चतरा जिल्लामा दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा परि विमानमा सवार एक बिरामी, दुई पाइलट र मेडिकल टिमसहित ७ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । 

    रेडबर्ड एयरवेजद्वारा सञ्चालित बीचक्राफ्ट  C90 (Beechcraft C90) विमानले राँचीको बिरसा मुण्डा विमानस्थलबाट बेलुकी ७:११ बजे उडान भरेको थियो। उडान भरेको करिब २३ मिनेटपछि ७:३४ बजे कोलकाता एअर ट्राफिक कन्ट्रोलसँग सम्पर्क टुटेको थियो।

    अधिकारीका अनुसार खराब मौसमका कारण पाइलटले रुट परिवर्तन गर्ने अनुमति मागेका थिए, तर त्यसको केही समयमै विमान राडारबाट गायब भयो र चतराको सिमरियास्थित घना जंगलमा दुर्घटनाग्रस्त भयो। दुर्घटनामा ज्यान गुमाउनेहरूमा बिरामी ४१ वर्षीय सञ्जय कुमार रहेका छन्।  उनलाई ६५ प्रतिशत  जलेको अवस्थामा उपचारका लागि दिल्ली लगिदै थियो ।

    त्यस्तै मृत्यु हुनेमा चिकित्सक टोली डा. विकास कुमार गुप्ता र प्यारामेडिक सचिन कुमार मिश्र रहेका छन् भने सहयोगीहरू अर्चना देवी र धुरु कुमार रहेका छन्। पाइलटहरू क्याप्टेन विवेक विकास भगत र क्याप्टेन सवरजदीप सिंहको मृत्यु भएको हो । 

    राँची विमानस्थलका निर्देशक विनोद कुमारले प्रारम्भिक रूपमा खराब मौसम र मेघगर्जनलाई दुर्घटनाको कारण मानिए पनि वास्तविक तथ्य ब्ल्याक बक्सको अध्ययन र विस्तृत अनुसन्धानपछि मात्र खुल्ने बताएका छन्। 

    प्रकाशित मिति :फाल्गुण १२ २०८२ मंगलवार - ११:१२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij