२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ ।
घटनाबारे छानिबन गर्न सहसचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले बताएका छन् ।
सोमबार बिहान पोखराबाट आउँदै गरेको ग.२ ख १४२१ नम्बरको यात्रुबाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ स्थित भैंसीगौडामा दुर्घटना भएको थियो । दुर्घटनामा परेर १९ जनाको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी डिल्लीनारायण पाण्डेले बताएका छन्।
दुर्घटनामा परेर २५ जना घाइते भएका छन् । घटनाबारे छानबिन कार्यदल गठन गर्नुअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सरोकारवालाहरुसँग छलफल गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij