Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते


  • 729
    Shares

    मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

    काठमाडौं । नवलपरासीको गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

    आज बिहान गैँडाकोट नगरपालिका-७ जानकी ग्यास अगाडि पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी देवचुली नगरपालिका-११ बस्ने १८ वर्षीय बिजेन पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताएका छन् ।

    कावासोती नगरपालिका-१७ बस्ने १७ वर्षको राज विक गम्भीर घाइते भएका छन् । गैँडाकोटबाट रजहर तर्फ जाँदै गरेको मोटरसाइकल डिभाइडरमा ठक्कर खाइ पल्टिँन जाँदा सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख ४४६१ नं को बसले सोही मोटरसाइकललाई ठक्कर दिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिएका छन् । 

    दुर्घटनामा परी मोटरसाइकल चालक र पछाडि सवार दुवै जनालाई गम्भीर अवस्थामा उपचारको लागि अस्पताल लगिएको थियो । उपचारको क्रममा मोटरसाइकल चालक बिजेन पुलामीलाई चिकित्सकले मृत घोषण गरेका हुन् । अर्का घाइतेको उपचार भइरहेको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ११ २०८२ सोमवार - ११:०६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij