Logo

२०८२ फाल्गुण १३ गते बुधवार

२०८२ फाल्गुण १३ गते बुधवार

ट्रम्पको घरमा हतियारसहित छिर्ने व्यक्तिको गोली हानी हत्या

ट्रम्पको घरमा हतियारसहित छिर्ने व्यक्तिको गोली हानी हत्या


  • 183
    Shares

    ट्रम्पको घरमा हतियारसहित छिर्ने व्यक्तिको गोली हानी हत्या

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थितस्थित घरमा छिर्ने प्रयास गर्दा एक व्यक्तिको गोली हानी हत्या गरिएको छ । यद्यपि, घटनाको समयमा डोनाल्ड ट्रम्प घरमा थिएनन् ।

    उक्त व्यक्तिलाई उत्तरी गेटनजिकै देखिएको अधिकारीहरूले बताएका छन् । उनले बन्दुक र इन्धनको क्यानजस्तो देखिने सामग्री बोकेका थिए ।

    मारिएका युवक २० वर्षका छन् । मृतकको पहिचान अझै खुलाइएको छैन । राष्ट्रपति ट्रम्पको सार्वजनिक तालिका अनुसार, उनी यस सप्ताहन्तमा ह्वाइट हाउसमै बस्नेछन् ।

    अर्थमन्त्री स्कट बेसेन्टले फक्स न्यूजलाई बताएअनुसार उनले राष्ट्रपति ट्रम्पसँग कुरा गरेका छन् । ट्रम्प र उनको परिवार सुरक्षित छ । तर, उनले यस्ता आक्रमणहरू दोहोरिन नहुने बताएका छन् । 

    “राष्ट्रपति वरिपरिको सुरक्षा परिधि पहिलेभन्दा बलियो  । २०२४ मा पेन्सिलभेनियाको बटलरमा भएको हत्या प्रयासको समयमा भन्दा अहिले गोप्य सेवा राम्रोसँग सुसज्जित छ,” उनले भने ।

    प्रकाशित मिति :फाल्गुण ११ २०८२ सोमवार - ०८:३४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij