२०८२ फाल्गुण ११ गते सोमवार
काठमाडौं । पोखराको लिचीबारी जग्गा सट्टपट्टासम्बन्धी भ्रष्टाचार प्रकरणमा मुछिएकी पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई धरौटी तारिखमा राख्न विशेष अदालतबाट आदेश भएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले आइतबार (फागुन १०)मा उक्त आदेश दिएको हो । श्रेष्ठ नेपाली कम्युनिस्ट पार्टीकी नेतृसमेत हुन् । लिचीबारी जग्गा सट्टपट्टा प्रकरणमा सुविधाका लागि श्रेष्ठले विचौलियामार्फत २५ लाख रुपैयाँ घुस लिएको अभियोग थियो ।
भ्रष्टाचार मुद्दामा भएको सुनुवाइपछि श्रेष्ठलाई धरौटी तारिखमा राखिएको हो । उनी आइतबारै विशेष अदालतमा हाजिर भएकी थिइन् । श्रेष्ठसँग पाँच लाख रुपैयाँ धरौटी माग भएको छ । उनी पूर्वभूमि व्यवस्थामन्त्री हुन् ।
कास्कीको मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौतीका लागि घुस लिएको आरोपसहित भ्रष्टाचार मुद्दा चलाइएको थियो । नेकपाले श्रेष्ठलाई आगामी निर्वाचनमा समानुपातिकतर्फ सूचीमा राखेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij