Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अब रास्वपाले घण्टी बजाउँदै भोट माग्न नपाउने (सूचनासहित)

अब रास्वपाले घण्टी बजाउँदै भोट माग्न नपाउने (सूचनासहित)


  • 1.3K
    Shares

    अब रास्वपाले घण्टी बजाउँदै भोट माग्न नपाउने (सूचनासहित)
    images

    काठमाडौं ।  निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा जाँदा चुनाव चिह्नको भौतिक स्वरुप बोकेर जान रोक लगाएको छ । आयोगका प्रवक्ता नारायण भट्टराईले प्रेस विज्ञप्तिमार्फत भौतिक स्वरूपको चुनाव चिह्न प्रयोग गरेको उजुरीका आधारमा सुरक्षा जोखिम रहेकाले प्रयोग नगर्न भनेको हो ।

    ‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने राजनीतिक दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने किसिमबाट भौतिक स्वरुपका कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेका निर्वाचन चिह्न प्रयोग गरी निर्वाचन प्रचारप्रसार नगर्न तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा तोकिएबमोजिमको मापदण्डबमोजिम दलको झण्डा र चुनाव चिह्नको माध्ययबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन र सोको विपरीत गरेको देखिएमा आचारसंहिता प्रतिकूल हुने व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ । 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घण्टी चिह्न चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएको छ । आयोगको निर्देशनअनुसार अब रास्वपाले घण्टी बोकेर चुनाव प्रचारप्रसारमा जान पाउँदैन ।

    bhautik-chinha-1771768145.jpg

    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - २०:०१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij