२०८२ फाल्गुण ११ गते सोमवार
काठमाडौं । एमाले परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन र वडा नं. ६ का पूर्व वडाध्यक्ष नुच्छे महर्जन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा बामदेव गौतम लगायत नेताहरूले आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराए ।
पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी धेरै कम्युनिस्ट पार्टीहरू मिलेर बनेको बताउँदै यो एकता सिङ्गो एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
पार्टी प्रवेश गरेका पूर्व मेयर रमेश महर्जन र पूर्व वडाध्यक्ष नुच्छे महर्जनले नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट कीर्तिपुर–१० मा तारा चिन्हबाट उम्मेदवार रहेकी रुपा महर्जनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।
पूर्व मेयर रमेश महर्जनले दुई तिहाइको सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा अनुसार काम गर्न नसकी हेलिकप्टरमार्फत बाहिरिनु परेको भन्दै केपी शर्मा ओलीले जनतासँग पुनः मत माग्ने नैतिक अधिकार नभएको टिप्पणी गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij