Logo

२०८२ फाल्गुण ११ गते सोमवार

२०८२ फाल्गुण ११ गते सोमवार

जसपा नेपालबाट बाहिरियाे तमलोपा

जसपा नेपालबाट बाहिरियाे तमलोपा


  • 820
    Shares

    जसपा नेपालबाट बाहिरियाे तमलोपा

    ठमाडौं । गत पुस २७ गते मात्रै एकीकरण भएको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएको छ ।  

    तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले आइतबार प्रेस विज्ञप्ति जारी गरी जसपा नेपालसँग कुनै सम्बन्ध नरहेको भन्दै अलग भएको घोषणा गरेको हो । 

    गत मंसिर २४ गते लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टी र तराई-मधेस लोकतान्त्रिक पार्टी एकीकृत हुने सहमति भएको थियो । तर त्यस अनुसार एकीकरणको प्रक्रिया पूरा हुन सकेन 

    पुस २७ गते लोसपा र जसपा नेपालबिच एकीकरण भए पनि एकीकरणको प्रक्रियामा आफ्नो पार्टीलाई संस्थागत सहभागिता नगराएको दाबी गर्दै तमलोपाका अध्यक्ष लालले राजनीतिक मर्यादा, आत्मसम्मान र संस्थागत मूल्यलाई ध्यानमा राखी जसपा नेपालसँग तमलोपाको कुनै सम्बन्ध नरहेको प्रस्ट पारेका छन् । 

    तमलोपा मधेसी, थरुहट, आदिवासी-जनजाति, दलित, मुस्लिम लगायतको एजेन्डाको निमित्त निरन्तर कार्यरत रहिरहने बताउँदै उनले फागुन २१ गते हुने निर्वाचनमा गणतन्त्र, सङ्घीयता र समावेशी लोकतन्त्र प्रति आस्था राख्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।

    p_G39os8yQL4.png

     

     

    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - १७:०२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij