२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप र पिज्डम पिंगाओ जेभीसहितले करोडौं रकम मागदाबी गरी दायर गरेको मुद्दामा पेसी तोकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
चिनियाँ ठेकेदार कम्पनीले पाटन उच्च अदालत र काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयनको माग गर्दै रिट दर्ता भएको थियो । यसअघि यो मुद्दामा २०८१ चैत ३ मा सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चिनियाँ ठेकेदार कम्पनीको पक्षमा जिल्ला र उच्च अदालत पाटनबाट भएको फैसला कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको थियो ।
चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी चाइना सेजुवा ग्रुप र पिज्डम पिंगाओ जेभीले नेपाल विद्युत् प्राधिकरणसँग ८० करोड बढी भुक्तानी लिनुपर्ने भन्दै नेपालको विभिन्न अदालत र अन्तर्राष्ट्रिय मध्यस्थतामा समेत मुद्दा दायर गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij