Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा

काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा


  • 463
    Shares

    काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा

    काठमाडौं । काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू-सेवा केन्द्र र भू-सूचना प्रणाली सञ्चालनमा ल्याइएको छ । 

    आईतवार एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा. कुमार इङ्नामले काठमाडौं महानगरपालिकामा भू-सेवा केन्द्र सँचालनको शुभारम्भ गरे । उनले संविधानमा सिंहदरबारको अधिकार तल्लो तहसम्म लैजानुपर्ने व्यवस्था गरेअनुसार भूसेवालाई काठमाडौं महानगरमा समेत लागू गरिएको बताए । 

    सिंहदरबारमा पाइने सम्पूर्ण सुविधाहरु स्थानीय तहमा लैजान सकिएमात्रै गाउँगाउँमा सिंहदरबार गएको मान्न सकिने मन्त्री इङ्नामले बताए ।

    इङ्नामले भने, ‘सिंहदरबार स्थानीय तहमा लैजाने विधि भनेको सिंहदरबारमा पाइने सुविधा तल्लो तहमा पुर्याउनु नै हो । आम नागरिकको सरोकार भनेको जग्गा जमिन हो । काठमाडौं उपत्यकामा अलि फरक छ । ९५ प्रतिशत व्यक्तिको सरोकार जग्गा जमिनसँगै छ । 

    महानगरमा आयोजित एक कार्यक्रमकाबीच सञ्चालनमा ल्याएको जग्गासम्बन्धि भू-सेवा केन्द्र हाललाई पाइलट प्रोजेक्टका रुपमा १० वटा वडाबाट सञ्चालनमा ल्याइएको काठमाडौं महागरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन । उहाँकाअनुसार निकटतम भविष्यमै ३२ वटै वडाबाट भूसेवा सञ्चालन गर्ने तयारी छ ।

    उनका अनुसार सेवा सुचारु गर्नका लागि प्राविधिकदेखि भैतिक रुपमै तयारी गर्नुपर्ने भएकाले एकैपटक सवै वडामा सञ्चालन गर्न कठिन भएको हो । 

    अब राजश्व लिने, बायोमेट्रक गर्ने, जग्गा किनबेच गर्न तमासुख गर्ने, सम्पतीलाई बैंकमा राखेर ऋण लिन कोही जग्गा रोक्का र फुकुवा गर्न आए दिने, पूर्जा प्रिन्ट गरेर दिने कार्य स्थानीय तहमार्फत गर्न लागिएको उहाँले जानकारी दिइन्।  

    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - १२:५४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij