Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

खोटाङमा १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

खोटाङमा १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ


  • 785
    Shares

    खोटाङमा १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
    images

    काठमाडौं । खोटाङमा १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ का २४ वर्षीय आरोपित शिक्षक दिक्तेल इंलिस बोर्डिङ स्कुलका हुन् ।

    उनले फागुन ९ गते गृहकार्य सिकाइदिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप छ ।उनले बालिकालाई तीन घण्टासम्म कोठामा थुनेर राखेको पीडित परिवारको भनाइ छ ।

    पीडित बालिका रुँदै कोठामा पुगेपछि मात्रै अभिभावकले घटनाबारे जानकारी पाएका थिए । त्यसपछि पीडित बालिकाका बुवा र काका पीडकको कोठामा पुगेर नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए ।

    बालिकाको स्वास्थ्य परीक्षणपछि राति ११ बजे शिक्षकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी अन्तर्गतको जाहेरी दर्ता गरिएको छ ।  

     

    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - ११:३७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij