Logo

२०८२ फाल्गुण ९ गते शनिवार

२०८२ फाल्गुण ९ गते शनिवार

रौतहटमा बस दुर्घटना, ९ जना घाइते

रौतहटमा बस दुर्घटना, ९ जना घाइते


  • 351
    Shares

    रौतहटमा बस दुर्घटना, ९ जना घाइते

    काठमाडौं । सदरमुकाम गौरमा यात्रुवाहक बस दुर्घटना भएको छ। दुर्घटनाको समयमा बसमा करिब ४० जना यात्रु सवार थिए भन ९ जना घाइते भएका छन् । 

    शुक्रबार बिहान करिब ११:३० बजे गौर–चपुर सडक खण्डमा दाल मिल नजिक बस अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा ठोक्किँदा दुर्घटनाग्रस्त भएको हो। 

    घाइतेहरूमा रौतहट गढीमाई नगरपालिका–१ का ३२ वर्षीय रञ्जय यादव, यमुनामाई गाउँपालिका–३ का ४२ वर्षीय विनोद बैठा, गरुडा नगरपालिका–४ का २६ वर्षीय निरज कुमार गुप्ता, बारा कलैया उपमहानगरपालिका–१ का ३० वर्षीय नुर महम्मद, हेटौंडा उपमहानगरपालिका–४ की ४२ वर्षीया सुनिता केशरी, भारत सितामढी जिल्लाका ६० वर्षीय लसिभ सहनी, मकवानपुर भारत गमडिया जिल्लाका ४४ वर्षीय देव नारायण बैठा, २० वर्षीय सुभम कुमार बैठा र भारत शिवहर जिल्लाका ५५ वर्षीय ललन साह रहेका छन्।

    प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था सामान्यदेखि मध्यम रहेको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ भने केही घाइतेलाई थप उपचारका लागि आँखा अस्पताल पुरेनवा र वीरगंजतर्फ रेफर गरिएको छ।

    दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। बस चालक चन्द्रपुर नगरपालिका–८ निवासी २४ वर्षीय रिजवान खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    घाइतेहरूको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ। प्रहरीले दुर्घटनाको थप अनुसन्धान सुरु गरेको छ। 

    प्रकाशित मिति :फाल्गुण ८ २०८२ शुक्रवार - १६:३२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij