Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

मन्दिरको निमन्त्रणा पत्रमा जात उल्लेख नगर्न मद्रास उच्च अदालतको आदेश

मन्दिरको निमन्त्रणा पत्रमा जात उल्लेख नगर्न मद्रास उच्च अदालतको आदेश


  • 414
    Shares

    मन्दिरको निमन्त्रणा पत्रमा जात उल्लेख नगर्न मद्रास उच्च अदालतको आदेश

    काठमाडौं । भारतको मद्रास उच्च अदालतले मन्दिरले गर्ने कार्यमा निमन्त्रणा पत्र पठाउँदा जात उल्लेख नगर्न आदेश दिएको छ । 

    अदालतले हिन्दू धार्मिक र परोपकारी बन्दोबस्त विभागमार्फत राज्यले सञ्चालन गर्ने मन्दिरका उत्सवहरूले जातप्रथालाई निरन्तरता दिन नहुने फैसला सुनाएको हो । 

    अदालतले देशका हरेक निकायको प्रयास जातप्रथाको उन्मूलन गर्ने हुनुपर्ने र यसलाई बढवा दिने खालको हुनु नहुने कुरामा जोड दिएको छ । मन्दिरको उत्सवमा निमन्त्रणा पत्रहरूमा जात प्रयोग गरेर जातप्रथालाई निरन्तरता दिन अनुमति दिन नसकिने अदालतको ठहर छ ।

    सुनुवाइका क्रममा राज्य सरकारले मन्दिरले आफैँले कुनै जातको नाम प्रयोग नगरेको, तर निमन्त्रणा पत्रमा व्यक्तिको नामसँगै उनीहरूको जातको नाम छापिएको जानकारी दिएको थियो । निमन्त्रणा पत्रहरू छापिसकिएकाले यस वर्षका लागि कुनै नयाँ निर्देशन जारी गर्न नसकिने मन्दिर व्यवस्थापनको तर्क थियो । तर, अदालतले आगामी उत्सवहरूदेखि यदि कसैले आफ्नो नामको पछाडि जात जोडेको भए, उक्त जातको अंश हटाएर केवल नाम मात्र छाप्नुपर्ने आदेश दिएको छ ।  

     

    images
    प्रकाशित मिति :फाल्गुण ८ २०८२ शुक्रवार - १२:५०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij