२०८२ फाल्गुण ९ गते शनिवार
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सुन ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार पनि सुनको मूल्य तोलामा ३ लाख ४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार ५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij