Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

विराटनगरबाट काठमाडौंतर्फ उडेको केही बेरमै बुद्ध एयरको जहाज आपत्‌कालीन अवतरण

विराटनगरबाट काठमाडौंतर्फ उडेको केही बेरमै बुद्ध एयरको जहाज आपत्‌कालीन अवतरण


  • 1.2K
    Shares

    विराटनगरबाट काठमाडौंतर्फ उडेको केही बेरमै बुद्ध एयरको जहाज आपत्‌कालीन अवतरण

    काठमाडौं । बुद्ध एयरको जहाजमा प्राविधिक समस्या: विराटनगरमा 'इमर्जेन्सी डिक्लेयर' गरी सुरक्षित अवतरण ​

    बुधबार बेलुका विराटनगर विमानस्थलबाट ३० जना बोकेर काठमाडौँ उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आपत्‌कालीन अवतरण (इमर्जेन्सी ल्यान्डिङ) गरिएको छ।

    बुद्ध एयरको उडान नम्बर '७१४' (अल्फा नोभेम्बर क्युबेक) को जहाज उडेको केही समयमै प्राविधिक गडबडी देखिएपछि पुनः विराटनगर नै फर्काएर अवतरण गरिएको हो। 

    ​विमानस्थल स्रोतका अनुसार उडेको २३ मिनेटपछि क्याप्टेनले जहाजमा समस्या महसुस गरेपछि विराटनगरमा आपत्‌कालीन अवतरण गराइएको हो। 

    प्राविधिक समस्या देखिएपछि केही समय विराटनगर आसपासकै आकाशमा 'होल्ड' गरेर जहाजलाई सुरक्षित रूपमा अवतरण गराइएको बुद्ध एयरले जनाएको छ।

    क्याप्टेनले आफ्नै स्वविवेक र सुरक्षा अवस्थाको मूल्यांकन गर्दै 'इमर्जेन्सी डिक्लेयर' गरे पनि जहाजलाई एकल इन्जिनकै सहायतामा सामान्य अवस्थामा झैँ अवतरण गराइएको जनाइएको छ। ​जहाज अवतरण गर्दा सुरक्षाका सबै मापदण्ड अपनाइएको थियो।

    घटनापछि ३० यात्रीमध्ये चार जनाले ढिलो भएको भन्दै यात्रा रद्द गरे भने बाँकी २६ जनालाई बुद्ध एयरकै अर्को जहाजमार्फत साँझ नै काठमाडौँ पठाइएको थियाे। प्राविधिक छानबिनका लागि काठमाडौँबाट अनुसन्धान टोली विराटनगर आइपुग्ने तयारीमा छ। ​अहिले उक्त जहाजको प्राविधिक पक्षबारे विस्तृत अध्ययन भइरहेको छ।

    प्रकाशित मिति :फाल्गुण ७ २०८२ बिहिवार - ११:२२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij