Logo

२०८२ चैत्र २२ गते आइतवार

२०८२ चैत्र २२ गते आइतवार

बनेपामा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त

बनेपामा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त


  • 946
    Shares

    बनेपामा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त

    काठमाडौं । बुधबार बिहान काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि तनाव भएको छ। स्थानीयले स्कुटरलाई ठक्कर दिने टिपरमा आगो लगाएपछि स्थिति तनावग्रस्त बनेको हो।

    काभ्रे प्रहरीका अनुसार बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। प्रहरीले स्कुटर चालकको शव अस्पताल पठाएको छ। ट्रक चालक भने फरार छन्।

    बनेपा बजारमा टिपरले ठक्कर दिँदा ज्यान गुमाएका स्कुटर चालक पुरुषको पहिचान खुलेको छैन। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ।

    दुर्घटनापछि अरनीको राजमार्ग अन्तर्गत बनेपा क्षेत्रको यातायात ठप्प भएको छ।

    प्रकाशित मिति :फाल्गुण ६ २०८२ बुधवार - १०:४५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij